अन्तर्राष्ट्रिय

न्यूयोर्कमा एक आतंककारी हमलामा ८ जनाको मृत्यु, दर्जनौ घाईते

न्युयोर्क (अमेरिका । अमेरिकाको न्युयोर्कस्थितम्यानह्याटनमा भएको एक आतंककारी हमलामा आठ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएको अन्तर्राष्ट्रिय समाचार माद्यमहरुले बताएका छन्।

हमलाकारीले साइकल लेन र पैदल यात्रुको बाटोमा साइकल यात्री र पैदल यात्रुहरुमाथी जथाभावी पिक अप ट्रक कुदाएको न्युयोर्क प्रहरीले जनाएको छ ।

प्रत्यक्षदर्शिहरुलाइ उधृत गर्दै संचारमाध्यमहरुले हमलाकारीले अरेबीक भाषामा धार्मिक नारा लगाएको उल्लेख गरेका छन् । आक्रमणकारीले नक्कली बन्दुक देखाउदै भ्यानबाट भाग्न खोज्दा प्रहरीले गोली हानेर नियन्त्रणमा लिएका छन् र हमलाकारीको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
उक्त घटनाको बारेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आवश्यक कारबाही अगाडी बढाउने बताएका छन् । अमेरिकामा पछिल्लो समयमा आतंकबादी घटना घटेका थिए ।