खेलकुद

वीरगन्ज युथ क्लब विजयी

नवलपरासी । नवलपरासीमा जारी काठमाडौँ उपत्यका बाहिरकैै सर्वाधिक धनराशिको पुरस्कार रहेको राइनो संरक्षण गोल्डकप पुरुष फुटबलअन्तर्गत आजको खेलमा वीरगन्ज युथ क्लब विजयी भएको छ ।

मध्यबिन्दु–४ कोल्हुवाको खेल मैदानमा जारी प्रतियोगिताको दोस्रो खेलअन्तर्गत अग्नि रुपन्देही–११ लाई २–१ गोलले पराजित गर्दै वीरगन्ज विजयी भएको हो ।

अग्नि रुपन्देही ११ का लागि निरज बस्नेतले खेलको १३ औं मिनेटमा गो गरेका थिए । पहिलो हाफमा अग्निले १–० को अग्रता बनाए पनि दोस्रो हाफमा सुरु मिनेटमै वीरगन्ज युथ क्लबका विदेशी खेलाडी मिडोल गोल गर्दै खेल बराबरीमा ल्याए ।

त्यस्तै वीरगन्जका लागि सुसान्त तामाङले खेलको दोस्रो हाफको ३४ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाएर । त्यसपछि खेलमा दुवैतर्फबाट गोल भएन र खेल वीरगन्ले जित्यो ।

बुधबारको खेल देशभक्त युथ क्लब र आयोजक क्लबबीच हुनेछ ।

प्रतियोगितामा आयोजकसहित देशभरका ए डिभिजनका ११ सहित १२ टोलीको सहभागिता छ । प्रतियोगितामा प्रथम हुनेले रु पाँच लाख २५ हजार ५५५ र द्वितीय हुनेले रु दुई लाख ५० हजार ५५५ पुरस्कार राशि पाउनेछन् ।