पु.समाचार

बिदेशी मुद्रा अपचलनका अभियुक्त फरार गोयल सिआईबीद्वारा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले विदेशी विनिमय मुद्दामा फरार रहेका अभियुक्तलाई पक्राउ गरेको छ ।

ब्यूरोको टोलीले सर्वोच्च अदालतबाट विसं २०७४ वैशाखमा रु एक करोड १७ लाख ४२ हजार ९३६ को जरिवानाको फैसला सुनाएपछि फरार रहेका भीमेन्द्रकुमार गोयललाई सोमबार नक्सालबाट पक्राउ गरेको हो । गोयललाई काठमाडौँ जिल्ला अदालतको आदेशानुसार कैद भुक्तानका लागि सोमबार
नै डिल्लीबजार कारागार पठाइएको ब्यूरोले जनाएको छ ।