अन्तर्राष्ट्रिय

केन्याको विवादास्पद राष्ट्रपतिय निर्वाचनमा उहुरु निर्वाचित

नैरोवी । केन्यामा यही अक्टोवर २६ मा भएको विवादास्पद राष्ट्रपतीय निर्वाचनमा राष्ट्रपति उहुरु केन्याटा ९८.२ प्रतिशत मत प्राप्त गरी विजय भएको यहाँको निर्वाचन आयोगले सोमबार जनाएको छ ।

गत बिहीबार विवादकाबीच भएको निर्वाचनमा केन्याटलाई ७४ लाख ८३ हजार ८९५ मत परेको र उनका निकततम प्रतिद्वन्द्वी राइला ओडिङ्गाले मात्रै ७३ हजार २२८ मत पाएको आयोगले जनाएको छ ।

ओडिङ्गाले निर्वाचन धाँधलीरहित हुने बिषयमा शङ्का व्यक्त गर्दै अन्तिम चरणमा आएर निर्वाचन बहिस्कार गरेका थिए ।