आर्थिक

यसरी राज्यकोषबाट एकैदिन ४ करोड वितरण

काठमाडौ । सरकारले निर्वाचनको मुखैमा निर्वाचन आचार संहितालाई कुल्चदै आफू निकटका ३ सय १० कार्यकर्तालाई राज्यकोषबाट एकै दिन ४ करोड ५८ लाख ५० हजार भन्दा वढि रकम वितरण गरेको छ ।

प्रधानमन्त्री शेर वहादुर देउवा आफैले गृह मन्त्रालय सम्हालेपछि गृह मन्त्रालयकै प्रस्तावमा आफू निकटका कार्यकर्तालाई निर्वाचनको मुखैमा ४ करोड ५८ लाख भन्दा वढि वितरण गर्ने निर्णय गरिएको हो ।

गत ६ कार्तिकमा वसेको मन्त्रिपरिषद् वैठकले गृह मन्त्रालयको प्रस्तावमा ३ सय १०जनालाई आर्थिक सहायता वितरण गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय उच्च स्रोतले जानकारी दिएको छ।

स्रोतका अनुसार रकम पाउनेमा सत्तासीन दलका कार्यकर्ता तथा उच्च नेता निकटका व्यक्तिहरु रहेका छन् । निर्वाचनमा कार्यकर्तालाई परिचालन गर्न सो रकम वितरण गरिएको गृह मन्त्रालयकै एक अधिकारीले दावी गरे। रकम कुनै मापदण्ड विना नै हचुवाको आधारमा दिइएको भन्दै मंगलबारको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार लेखिएको छ ।

रकम पाउनेहरुले ५० हजार देखि १० लाख सम्म पाएका छन् । गृह मन्त्रालयका प्रवक्ता नारायण शर्मा दुवाडीले आर्थिक सहायता वितरणको निर्णय भएपनि त्यसको औपचारिक जानकारी गृह मन्त्रालयमा आउन वाकी नै रहेको जानकारी दिए ।

गरिब विपन्न र पहुच नभएका नागरिकहरु उपचार नपाएर मर्न विवश हुन्छन् तर उनीहरुले भने उपचार खर्च वापत कुनै रकम पाउदैनन तर सोर्सफोर्सधारीहरुले विभिन्न वहानामा राज्यकोषवाट लाखौ रुपैया वुझ्ने गर्छन । गृहका एक अधिकारीले भने ।

बढी रकम पाउनेहरू:
-अर्जुन खड्का, उदयपुर १० लाख
-सुजितकुमार ठाकुर, महोत्तरी ५ लाख
-केदार चौलागाईं, रामेछाप ४ लाख
-विक्रान्त सुवेदी, नवलपरासी ३ लाख
-विन्दु शर्मा, बाँके ३ लाख
-रवि बज्राचार्य, ललितपुर ३ लाख
-रेशमबहादुर कुमाल, गोर्खा ३ लाख
-शान्तमणि देवकोटा, गोरखा ३ लाख
-प्रकाशबहादुर गुरुङ, कास्की ३ लाख
-यशोदादेवी भट्ट, कैलाली ३ लाख
-माधवमणि राजभण्डारी, दोलखा ३ लाख
-तोपनाथ अर्याल, स्याङ्जा २ लाख
-दीपकप्रसाद न्यौपाने, स्याङ्जा २ लाख
-अभिमन्यु जोशी, पर्वत २ लाख
-देवदत्तबहादुर थारू, बारा २ लाख
-अम्बिका शर्मा, बर्दिया २ लाख
-उषारमण शर्मा घिमिरे, दाङ २ लाख
-एकबहादुर मल्ल, म्याग्दी २ लाख
-हेमराज तिमिल्सिना, कैलाली २ लाख
-लक्ष्मी भट्टराई, नवलपरासी २ लाख
-लालबहादुर बोगटी, डडेलधुरा २ लाख
-वीरबहादुर सिंह, कैलाली २ लाख
-वीरेन्द्रबहादुर मल्ल, डडेलधुरा २ लाख
-विष्णुप्रसाद भट्ट, बैतडी २ लाख
-शान्तिकुमारी महत, बझाङ २ लाख
-शान्ति कार्की, मकवानपुर २ लाख
-शारदादेवी भट्ट, कैलाली २ लाख
-शारदादेवी विष्ट, डडेलधुरा २ लाख
-शिवराज पाण्डे, कञ्चनपुर २ लाख
-सुष्मा कार्की, रामेछाप २ लाख
-महेश न्यौपाने, धनकुटा २ लाख
-मानबहादुर ऐर, डडेलधुरा २ लाख
-मीना भट्ट, कञ्चनपुर २ लाख
-मेनुका भण्डारी, विराटनगर २ लाख
-रवीन्द्र सापकोटा, भोजपुर २ लाख
-रोशन अधिकारी, लमजुङ २ लाख
-दीपेन्द्र शाही, बाँके २ लाख
-दिलीप गौतम, अर्घाखाँची २ लाख
-दुर्गाप्रसाद कापडी डडेल्धुरा २ लाख
-देउकीमाया धिताल, गोरखा २ लाख
-देवीकुमारी सेठी, बझाङ २ लाख
-प्रयागराज अवस्थी, डोटी २ लाख
-वसन्तीदेवी भण्डारी, डडेलधुरा २ लाख
-भीमबहादुर शाह, बाजुरा २ लाख
-मंगलीदेवी जोशी, कञ्चनपुर २ लाख
-अम्बिका शर्मा, बर्दिया २ लाख
-इसुफ मियाँ, सुनसरी २ लाख