राजनीति

काठमाण्डौ १० मा एमालेलाई माओवादीले पेलेपछि…

काठमाण्डौ । नेकपा एमालेबाट प्रतिनिधिसभाका लागि सिफारिसमा पहिलो नम्बरमा रहेका सुरेन्द्र मानन्धर अचानक आईतबार राति नागरिकता बोकेर निर्वाचन आयोग पुगे । प्रत्यक्षतर्फ निर्वाचन लड्ने भन्दै तयारीमा लागेका मानन्धर अचानक समानुपातिकतर्फको सुचीमा परे ।

काठमाडों १० बाट प्रतिस्पर्धा गर्ने भनेर ठीक परेको थिए।, पार्टी एमाले र माओवादीबीच चुनावी गठबन्धन भएपछि मेरो क्षेत्र माओवादीको भागमा पर्यो, म समानुपातिकतर्फ आउनुपर्यो, मानन्धरले भने । काठमाडौं १० माओवादीलाई छाड्नुपर्ने भएपछि उनी प्रदेशतर्फको समानुपातिक सुचीमा परेका हुन् ।

मंगलबारको नागरिकमा लेखिएको छ, गठबन्धन गरेका गर्न लागेका दलका कतिपय नेताहरुले आ आफ्नो क्षेत्रमा दाबी नछाडेपछि उम्मेदवार टुंग्याउन सकस परेको छ ।