राजनीति

अध्यक्षद्वय ओली र दाहालविरुद्ध पुर्बमन्त्रीले हाले मानहानी मुद्दा

काठमाडौँ । सर्वोच्च अदालतमा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहालविरुद्ध अदालतको अपहेलनासम्बन्धी मुद्दा दायर गरिएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको निर्वाचनका लागि अलग अलग मतपत्र छाप्ने अदालतको निर्णयलाई अनादर गरेर बोलेको भन्दै पुर्बमन्त्री एबम् राष्ट्रिय जनता पार्टी (राजपा)का नेता सर्वेन्द्रनाथ शुक्लाले सोमबार ओली र दाहालविरुद्ध अदालतको अपहेलनासम्बन्धी मुद्दा दायर गरेका हुन्  । अगाडि बढाउन दिन नहुने भन्ने मनसायले भाषण गरेको हुँदा अदालतको आदेशको मानहानि हुन गएको मुद्दामा उल्लेख छ । साथै, निजहरुलाई अदालतको अपहेलनाअन्तर्गत मुद्दामा एक वर्ष कैद र रु १० हजार जरिवानाको माग पनि गरिएको छ ।