पु.समाचार

उदयपुर दुर्घटना अपडेटः मृत्युभएका नौजनाको सनाखत

गाईघाट, उदयपुर । उदयपुरको कटारीबाट ओखलढुंगा जाँदै गरेको ना १ ज ३४०४ नम्बरको सुमो जिप सिद्धिचरण लोकमार्गअन्तर्गत कटारी नगरपालिका–११ को ठाटीमा आज दुर्घटना हुँदा मृत्यु भएका नौजनाको सनाखत भएको छ ।

मृत्यु हुनेमा सप्तरी पापरगाडा–४ का राधेश्याम महतो, कविलाश–३ का गंगाराम साह र बैखा–६ का नेपाली सेनाका जवान रुपेन्द्र बर्मा, ओखलढुंगा सेर्नाबेँसी–३ का ईश्वरीप्रसाद भट्टराई, वरुणेश्वर–६ का दीपक भित्रिकोटी, उदयपुरको रामपुर ठोक्सिला–७ का सन्देश किराँती तथा जिप चालक कटारी नगरपालिका–२ का हरि कार्की रहेका छन् ।

यस्तै, ठेगाना नखुलेकी अन्जना राई र मिथिलेश साहको पनि सनाखत भएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएकी कुमारी भित्रिकोटीलाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ । मृतकका शव कटारी अस्पतालमा राखिएको छ ।