मनोरञ्जन

चलचित्र ऐश्वर्यलाई सोलो रिलिजको अवसर

काठमाडौं । नेपाली चलचित्र ऐश्वर्यालाई सोलो रिलिजको अवसर जुरेको छ । केही समय अघि नै युट्युबमा सार्वजनिक भएको गीत र ट्रेलरका कारण चर्चामा रहेको नेपाली चलचित्र ‘ऐश्वर्य’ बिहीबारदेखि सिनेमा घरमा प्रदर्शनमा आएको हो ।

रमेश उप्रेतीको प्रस्तुति रहेको चलचित्रको निर्माण अर्जुन श्रेष्ठ र किरण राणा उप्रेतीले गरेका छन् । चलचित्रको निर्देशन तथा कथालेखन भने दिवाकर भट्टको रहेको छ । चलचित्रको गीत ‘तिमी रोएको पल’ युट्युबमा ३८ लाखभन्दा बढी पटक हेरिएको छ ।

त्यस्तै चलचित्रमा खलनायकका रुपमा देखिएका प्रशान्त ताम्राकारको अभिनय र लुक्सलाई पनि दर्शकले मन पराएका छन् । चलचित्रमा रमेश उप्रेती, दीपिका प्रसाई, प्रशान्त ताम्राकार, केकी अधिकारी, निर्मल शर्मालगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा अर्जुन पोख्रेलको संगीत रहेको छ ।