अन्तर्राष्ट्रिय

कुर्द राष्ट्रपतिले राजीनामा दिँदै जनताका नाम दिए एक्कासि यस्तो प्रतिक्रिया

एजेन्सी । इराकको कुर्दिस्तानका राष्ट्रपति मसुद बर्जानीले आफूले कार्यालय छोडे पनि आफ्ना जनताका लागि स्वतन्त्र राज्यका लागि निरन्तर लडिरहने बताएका छन्।

टेलिभिजनमार्फत गरिएको सम्बोधनमा उनले गत महिनाको स्वतन्त्रतासम्बन्धी जनमतसंग्रहमा मतदान गरेपछि कुर्दहरुको पक्षमा कोही पनि नबोलेको बताए।

उक्त जनमतसंग्रहपछि उत्पन्न भाँडभैलोका माझ कुर्दहरुले जमिनको ठूलो क्षेत्र गुमाएका छन्। चारदिन भित्र क्षेत्रीय राष्ट्रपतिको कार्यकाल सकिन लागेका बर्जानीले आइतबार एउटा पत्रमा आफूले कार्यकाल लम्ब्याउन नचाहेको उल्लेख गरेका थिए।

क्षेत्रीय सांसदहरुले बर्जानीको निर्णयको समर्थन गरेका छन्। संसदलाई पत्र बुझाएपछि कुर्दिस टेलिभिजनबाट प्रशारण गरिएको भाषणमा बर्जानीले ३० लाख मानिसहरुले स्वतन्त्रताको पक्षमा मत खसालेर इतिहास रचेका र यसलाई मेटाउन नसकिने बताए।

सेप्टेम्बर २५ तारिखका दिन भएको स्वतन्त्रतासम्बन्धी जनमतसंग्रहमा उल्लेख्य मानिसहरुले कुर्दिस्तान अलग हुने पक्षमा मत खसालेका थिए।