राजनीति

सीमा क्षेत्रमा वाम गठबन्धनले सुरु गर्यो चुनावी अभियान

काठमाण्डौ । मधेसवादी दलका कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै वाम गठबन्धनले सीमा क्षेत्रबाट चुनावी अभियान थालेकोे छ । प्रदेश र प्रतिनिधिसभाका लागि वाम तालमेल गरेका एमाले र माओवादी केन्द्रले सुनसरीको सीमावर्ती क्षेत्र देवानगन्जमा आईतबार संयुक्त सभा गरेका हुन् ।

सभामा दुवै पार्टीले संयुक्त चियापान र पार्टी प्रवेश कार्यक्रम पनि गरे । बैशाखमा मधेस जागरण अभियान अन्तर्गत सभा गर्दा एमाले नेता तथा पुर्वप्रधानमन्त्री मात्रव नेपाललाई अवरोध गर्न सावरी साधनमा तोडफोड, आगजानी र बम प्रहार गरिएको थियो ।