राजनीति

वाम गठबन्धनको यस्तो छ दाउ, राजपा र फोरमलाई उम्मेद्वार जोगाउन कठिन

काठमाण्डौ । प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा निकै प्रतिस्पर्धात्मक रहेको दुई नम्बर प्रदेशको उम्मेदवार चयनको विषय निकै जटिल बन्दै गएको छ ।

दलका उम्मेद्वारका आकांक्षी धेरै छन् भने वाम गठबन्धनसँग बलिया उम्मेद्वार धेरै छन् । जसका कारण उम्मेदवार चयनका विषयमा दुवै पक्ष एक अर्कालाई पर्खिंदै छन् ।

दुई नम्बर प्रदेशमा मधेसवादी दलका असन्तुष्ट उम्मेदवारलाई वाम गठबन्धनले टिकट दिने तयारी गरेको छ । सोमबारको नेपाल समाचारपत्रमा लेखिएको छ, जसका लागि वाम गठबन्धनले हालसम्म दुई नम्बर प्रदेशका सम्पूर्ण उम्मेदवारको नाम सार्वजनिक गरेको छैन ।