पु.समाचार

पूर्व सांसदहरुले अघि सारेका महत्वपूर्ण योजना रद्ध गर्न आयोगको निर्देशन

काठमाण्डौ । पदावधि सकिने बेला पूर्वसांसदले बाँडफाँट गरेका १० अर्ब रूपैयाँका योजना रद्ध हुने भएका छन्। निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि पूर्वसांसदका नामबाट छुट्याएका सम्पूर्ण योजना रद्ध गर्न निर्वाचन आयोगले सरकारलाई आईतबार निर्देशन दिएको हो ।

निर्वाचनको स्वतन्त्रता, निष्पक्षता र विश्वासनीयता कायम राख्न सांसद्कै पदावधि नरहेको अवस्थामा रकम खर्च गर्न नमिल्ने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बताए ।

‘पूर्वसांसदले सिफारिस गरेका सम्पूर्ण योजना रद्द गर्न निर्देशन दिएका छौ,’ढकालले भने,‘सम्बन्धित निकायले रकम खर्च नगरी रोक्का राख्न भनेका हौ।’

सोमबारको नागरिकमा लेखिएको छ, प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि आचारसंहिता पालना गर्ने सन्दर्भमा बजेट बाँडफाँट गर्दा निर्वाचन प्रभावित हुने आयोगले जनाएको छ।