आर्थिक

शिवम् सिमेन्टको उपभोक्ता सम्मान योजनाको समापन

काठमाण्डौ । शिवम् सिमेन्टस्ले आफ्ना ग्राहक एवं उपभोक्ताहरुका लागी २० बोरा शिवम् सिमेन्टको खरिदमा सम्मान स्वरुप कम्पनीको तर्फबाट कदर स्वरुप दिदै आएको थप १ बोरा उपभोक्ता योजना शनिबारबाट समापन गरेको छ । यस योजना कम्पनीले असार १४ देखि नेपालभर लागु गरेकोमा देश भरका सिमेन्टका आम उपभोक्ता एवं ग्राहक महानुभानहरुको उत्साहजनक र उल्लेखनीय सहभागिता रहेकोमा समस्त उपभोक्ता प्रति शिवम् सिमेन्ट धन्यबाद समेत ज्ञापन गरेको छ ।
शिवम् सिमेन्टले हेटौडा स्थित जर्मन उच्च प्राविधियुक्त प्लान्ट एण्ड मेशिनरी जडित उद्योगबाट आफ्नै चुनढुङ्गामा आधारित किल्ङकर तथा सिमेन्ट उत्पादन गर्दै विश्वस्तरको गुणस्तरीय शिवम् ब्राण्डको ओ.पि.सी. सिमेन्ट उत्पादन र विक्री वितरण गर्दै आएको छोटो अवधिमा देशकै सर्वाधिक रुचाईएको ब्राण्ड बन्न सफल यस कम्पनीले हरितालिका तिज, वडा दशैँ, शुभ दिपावली र छठ पर्व समेतलाई मध्यनजर गरी छोटो अवधिका लागी “२० बोरामा कदर स्वरुप थप १ बोरा” योजना लागु गरेका थियौँ । हाम्रो विश्वास छ, आम सिमेन्टका उपभोक्ता एवं ग्राहकहरुले यस अवसरको भरपुर उपयोग गर्न सफल हुनु भयो भन्ने ठानेका छौँ । कम्पनीले जारी बिज्ञप्तीमा उल्लेख छ।
शिवम् सिमेन्टले गत वर्ष समेत शुभ दिपावलीको अवसरमा उपभोक्तामूखी “चाँदी नै चाँदी” भन्ने योजना सफलता पूर्वक संचालक गरेको व्यहोरा स्मरण समेत गराएको छ ।