आर्थिक

सिटिजन्स बैंकको ६४ औं शाखा हुम्लाको सर्केगाडमा

काठमाण्डौ । नेपालको बैंकिङ्ग क्षेत्रमा अद्वितीय पहिचान बनाउन सफल रहेको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो ६४ औं शाखाहुम्लाको सर्केगाडमा संचालनमा ल्याएको छ । शुक्रबार यस बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत  बोधराज देवकोटाले पूजा पाठ गरी बैंकिङ्ग कारोवारको सुरुवात गरेका छन् । उक्त समारोहमा विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु साथै नागरिक समाजका अगुवाहरुको उपस्थिति रहेको बैंकले जनाएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनलले ग्राहक महानुभावहरुलाई देशैभरी फैलिएका यस बैंकको ६४ वटा शाखा, ६२ वटा एटिएम काउन्टर र ९७ वटा शाखा रहितआधुनिक बैंकिङ्ग सेवाहरुबाट करिव ३ लाख ५० हजार ग्राहकहरुलाई सेवाप्रदानगर्दै आएको छ । साथै आफ्नो ग्राहकवर्गहरुलाई रेमिट्यान्स सेवा, ड्राफ्ट, भिसा एटिएम कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु  उपलब्ध गराउँदै आएको छ ।

हुम्लाको सदरमुका मसिमिकोट भन्दाकरिव ४१ कि.मीदुरीमा रहेको यस शाखाको सुरुवात गर्दै गर्दा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले देश संघीयतामा गए संगै दुरदराजका नेपाली जनतालाई बैंकिंग सुबिधा संग पहुंच पुर्याउन बैंक कटिबद्ध भएर लागीपरेको कुरा अभिव्यक्त गरे । उक्त शाखाका इन्चार्ज अर्जुन रावलले यस क्षेत्रमा कृषिकर्जा, पशु पालन लगायतका क्षेत्रमा प्रश्स्तलगानी गर्ने बैंकको उदेश्य रहेको बारेमाजानकारी दिए ।

मुलुक संघीय प्रणालीमा गएसंगै अब दुर्गम क्षेत्रका सर्वसाधारणले बैंकिंग सेवालिन जिल्ला सदरमुकाम वा सहर बजारमै पुग्नु पर्ने बाध्यात्मक परिस्थितिको अन्त्यगर्नका निम्ति अब आउने निकट भविष्यमानै बैंकले झापाको हल्दिबारी, महोतरीको औरही, र दांङको बंगलाचुलीमा थप शाखा संचाल नगर्ने योजना अगाडी सारेको कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीले जानकारी गराएका छन् ।