राजनीति

माओवादी केन्द्रका नेता नेपाली कांग्रेसमा प्रवेश

काठमाण्डौ । पूर्वमन्त्री एवम् माओवादी केन्द्रका नेता नन्दकुमार दत्तसहितका नेता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।  आसन्न प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिरहेका बेला नेता दत्त नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

नेता दत्तलाई प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताहरुले पार्टी प्रवेश गराएका थिए ।  दत्तसँगै माओवादी केन्द्रका अर्का नेता डा.अवुल अन्सारी लगायतका नेता–कार्यकर्ता पनि कांग्रेस प्रवेश गरेका छन् ।