शिक्षा

काठमाण्डौ र ललितपुर महानगरका शिक्षा उपसचिवको यस्तो बिजोग देख्नुपर्यो

काठमाण्डौ । कार्यालयमा हाजिर भएको झन्डै दुई महिना बितिसक्दा दुई महानगरपालिकाका शिक्षाका उपसचिव कार्यालय विहीन भएका छन् । काठमाडौं र ललितपुर महानगरपालिकाका उपसचिवलगायत एक दर्जन कर्मचारी कार्यालय विहीन बनेका छन् ।

दुवै महानगरपालिकामा मेयरलाई पटक–पटक जानकारी गराउँदा पनि कार्यालय उपलब्ध नगराएपछि ती कर्मचारी काम विहीन बनेका हुन् ।

आइतबारको नेपाल समाचारपत्रमा लेखिएको छ, स्थानीय सरकारले शिक्षाका २१ प्रकारका काम गर्ने अधिकारसहित गत असारमा दुई महानगरमा उपसचिव खटाएको थियो ।