उर्जा

कुलमान घिसिङको निर्देशनलाई यसरी लत्याए आयोजना प्रमुखले

काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणले निर्माणमा अवरोध हुने भन्दै प्रमुखलाई अयोाजनास्थलमै आई अफिस बस्न बारम्बर निर्देशन दिए पनि अधिकांश प्रमुखले बेवास्ता गरेका छन् । जलविद्युत आयोजना निर्माण ढिला हुनुको प्रमुख कारण आयोजनास्थलमा प्रमुख नजानुलाई लिईएको छ ।

आयोजनास्थलमै बसेर काम गर्नुपर्ने प्रमुखहरु विभिन्न बहाना बनाई राजधानीमै बस्ने गरेका छन् । केही महिनायता प्राधिकरणले प्रमुखहरुलाई आयोजनास्थलमा जान पटक–पटक निर्देशन दिईसकेको छ ।

आइतबारको नागरिक दैनिकमा समाचार लेखिएको छ। प्राधिकरणका सहायक कम्पनीमार्फत सञ्चालित जलविद्युत उत्पादन तथा प्रसारण लाईन आयोजना प्रमुखलगायत कर्मचारीलाई अयोजनास्थलमै बस्न पटकपटक आग्रह गरेको हो ।