आर्थिक

प्रभू बैंकद्वारा साखा संचालन

 

काठमाण्डौ । प्रभु बैंकले कैलाली जिल्लाको बौनिया तथा पाँचथर जिल्लाको फिदिममा २ वटा शाखाहरु सञ्चालनमा ल्याएको छ । उक्त शाखाहरुको उदघाटन क्रमशः नेपाल राष्ट बैंक धनगढी क्षेत्रका मुख्यव्यवस्थापक धनन्जयशर्मा तथा फिदिम नगरपालिकाका नगरप्रमुख ओनाहाग नेम्वाड.द्वारा सम्पन्न गरेको छ । उक्तकार्यक्रममा स्थानिय कार्यालय प्रमुखहरु तथाव्यापारी एवं उद्योगीहरुको उपस्थिति रहेको बैंकले जनाएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथिहरुले बैंकिड. संस्थाहरुको आगमन संगै स्थानिय स्तरका सम्भावना रहेका विभिन्न क्षेत्रहरुको बिकासमा प्रत्यक्ष फाईदा पुग्ने बिश्वास व्यक्त गरिएको थियो । असोज मसान्त सम्म रु. ८३ अर्व निक्षेप संकलनगरि रु. ६३ अर्व बराबर रकमलगानी गरेको तथ्य उक्त कार्यक्रममा प्रस्तुत गरिएको थियो । देशका ५६ जिल्लामा आफ्ना १४० वटा शाखाहरु मार्फत सेवा पुरयाई रहेको बैंकले निकट भविष्यमै अन्य केहीशाखाहरु खोल्ने जानकारी पनि दिईएको थियो ।