पु.समाचार

पूर्वराजा ज्ञानेन्द्रलाई केपी ओलीले फर्काए यस्तो जवाफ

काठमाण्डौ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा सम्बोधनको क्रममा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले ज्ञानेन्द्र शाहको अभिव्यक्तिमाथि टिप्पणी गरे ।

एमाले अध्यक्ष ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति कटाक्ष गर्दै १६ गते उम्मेदवार मनोनयनको समय रहेको बताएका हुन् ।

तिहारका अवसरमा पूर्वराजा ज्ञानेन्द्रले ‘नेतृत्व लिन तयार रहेको’ भनी अभिव्यक्ति दिएका थिए ।

‘ज-जसलाई नेतृत्व लिन मन छ । १६ गते समय छ । मनोनयन गरे भै गो नि ,’ ओलीले भने ।

भाइटीकाको दिन पूर्वराजा ज्ञानेन्द्र शाहले जनताले जिम्मेवारी दिए नेतृत्व लिन तयार रहेको अभिव्यक्ति दिएका थिए भन्दै शुक्रबारको अन्नपूर्णमा समाचार लेखिएको छ ।

‘एउटा जिम्मेवार नागरिकको हैसियतले मलाई देशको चिन्ता र चासो हुनु स्वभाविकै छ’, पूर्वराजा ज्ञानेन्द्रले भनेका थिए, ‘अब समय आए जस्तो छ, जनताले जिम्मेवारी दिए म नेतृत्व लिन तयार छु। तर, सबै जनताको इच्छा हुनुपर्छ।’