पु.समाचार

शरदकुमार गौचनका हत्यारालाई किन पक्रन सकेन प्रहरीले ?

काठमाण्डौ । निर्माण व्यवसायी शरदकुमार गौचन हत्याको १८ दिन बितिसक्दा पनि प्रहरीले हत्यारा पक्राउ गर्न सकेको छैन । २३ असोजको मध्याह्नमा शान्तिनगरमा गोली हानी गौचनको हत्या गरिएको थियो । घरबाट निस्केका गौचनमाथि आपराधिक समूहले सार्प सुटरको प्रयोग गरी गोली हानेको थियो ।

घटनाको भोलिपल्टै प्रहरी प्रधान कार्यालयले डीआईजी गणेश केसीको नेतृत्वमा सात सदस्यीय छानबिन कमिटी गठन गरेको थियो । स्रोतका अनुसार समितिले गोली प्रहार गर्न चार जना खटिएको निष्कर्ष निकाल्दै सम्भावित अभियुक्तको स्केचसमेत बनाइसकेको छ तर अहिलेसम्म हत्यारा पक्राउ हुन सकेको छैन । यसबाट नेपाल प्रहरी माथिकै अनुसन्धान फितलो हुँदै गएको प्रमाणित भएको छ ।