पु.समाचार

नेपाली कांग्रेस र मधेसवादी दल अझै पुग्न सकेनन् निश्कर्षमा

काठमाण्डौ । मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि अन्य दलसँग तालमेल र उममेदवार छनोटको गृहकार्यमा जुटेको नेपाली कांग्रेसले संघीय समाजवादी फोरम र राजपासँगको छलफललाई निष्कर्षमा पुर्याउन सकेको छैन ।

कार्तिक १६ गते उमेदवार मनोनयन दर्ताको समय भए पनि कांग्रेसले बिहीबारसम्म अन्य दलसँगको तालमेलको लागि क्षेत्र निर्धारण गर्न सकेको छैन ।

शुक्रबारको नेपाल समाचारपत्रमा लेखिएको छ, आफ्नै दलभित्रका आकांक्षी नेता व्यवस्थापन गर्न गाह्रो परिरहेको कांग्रेसलाई तराइका प्रमुख दलहरु समेटेर आफ्नो नेतृत्वमा छुट्टै चुनावी गठबन्धन बनाउन नसक्दा प्रमुख बाम घटक दल एमाले र माओवादी केन्द्रको सहकार्यले आगामी निर्वाचन जित्न चुनौती थपिएको छ ।