राजनीति

उपेन्द्र यादव सप्तरी २ बाट निर्बाचन लड्ने दाउमा

राजविराज । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो जन्मथलो सप्तरीबाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिने हुनेछन् ।

अध्यक्ष यादवले सप्तरी क्षेत्र नं २ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिने पार्टीका नेता शम्भु झाले जानकारी दिनुभयो । सो क्षेत्रमा राजविराज नगरपालिकाका १६ वडासहित छिन्नमस्ता, महदेवा र तिलाठी कोइलाडी गाउँपालिका पर्दछन् ।

फोरम नेपाल र राजपासँगको गठबन्धनमा उनी यस क्षेत्रबाट उम्मेदबार बन्न लागेको बताइएको छ । सो क्षेत्रमा करिब ८६ हजार मतदाता रहेका छन् ।

सप्तरी क्षेत्र नं २ को प्रदेशसभा ‘ख’ बाट राष्ट्रिय जनता पार्टी (राजपा) का महासचिव मनिषकुमार सुमनले उम्मेदवारी दिने भएको बताइएको छ ।