पर्यटन/संस्कृति

यस्तो छ टानमा नेतृत्व हत्याउन  निर्बाचनको  प्रतिस्पर्धा 

काठमाडौँ । ट्रेकिङ व्यवसायीको छाता संगठन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल ९टान० को आगामी नेतृत्वका लागि दुई समूहबीच प्रतिस्पर्धा हुने भएको छ ।  यही १२ गते हुने टानको निर्वाचनका लागि अध्यक्षको प्रत्यासीका रुपमा टानका पूर्वमहासचिवद्वय मोहन लम्साल र नवराज दाहालको समूहले आज उम्मेदवारी दर्ता गराएको हो ।
लम्साल समूहको वरिष्ठ उपाध्यक्षमा खुमबहादुर सुवेदी, प्रथम उपाध्यक्षमा बाबुकाजी सिटौला, द्वितीय उपाध्यक्षमा निलहरि बास्तोला, महासचिवमा चेवन देवकोटा, सचिवमा चोलेन्द्रबहादुर कार्की, कोषाध्यक्षमा सुवास केसी र सहकोषाध्यक्षमा किरण धरेलले मनोनयन दर्ता गराएका छन् ।
सोही समूहको कार्यसमिति सदस्यमा शेरबहादुर परियार, तपनराज भण्डारी, लाम्गेल जांग्बु शेर्पा, जंगबहादुर लामा, आङबाबु शेर्पा, रितु ग्याङ्देम, सूर्यबहादुर थापा, कूलप्रसाद सुवेदी र सरोज कट्टेलको उम्मेदवारी परेको छ ।
यता दाहाल समूहको वरिष्ठ उपाध्यक्षमा पूर्णचन्द्र भुसाल, प्रथम उपाध्यक्षमा जीवन थापामगर, द्वितीय उपाध्यक्षमा ऋषिप्रसाद नेपाल, महासचिवमा आङपेम्बा शेर्पा, सचिवमा सुजन लामिछाने, कोषाध्यक्षमा रामकृष्ण तिमल्सिना र सहकोषाध्यक्षमा तारा लामाको उम्मेदवारी परेको छ । दाहाल समूहको कार्यसमिति सदस्यमा राजनप्रसाद काप्री, जीवन लामा, रवीन्द्र अधिकारी, सुकबहादुर लामा, हर्कबहादुर गुरुङ, बाबुराम गुरुङ, हरिशरण खरेल, गोपाल श्रेष्ठ र रामबहादुर खड्का रहेका छन् ।
लम्साललाई नेपाली काँग्रेस निकट राष्ट्रिय पर्यटन व्यवसायी संघ (निट), नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी संघ, नयाँ शक्ति निकट पर्यटन व्यवसायी र स्वतन्त्र पर्यटन व्यवसायीको समर्थन रहेको छ भने दाहाललाई माओवादी केन्द्र र नेकपा ९एमाले० निकट पर्यटन व्यवसायी तथा शेर्पा समूहको समर्थन रहेको छ ।
टान नेतृत्वका लागि सर्वसम्मत गराउने अन्तिमसम्मको प्रयास पनि विफल भएकाले अब दुई समूहबीच चुनावी प्रतिस्पर्धाबाट नेतृत्व चयन हुने टानका अध्यक्ष चन्द्र रिजालले बताए ।
जम्मा एक हजार १८६ मतदाता रहेको टानको निर्वाचनले अध्यक्षसहित २५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ ।