आर्थिक

अघि बढ्यो मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको काम

काठमाण्डौ । लामो समयदेखि चर्चामा रहेको मोतीहारी अमलेखगन्ज पेट्रोलियम पाइपलाइन विस्तार कार्य अगाडि बढाइने भएको छ ।
इन्डियन आयल कर्पोरेसनले यसका लागि आवश्यक पर्ने सबै काम अन्तिम चरणमा पुरयाएसँगै विस्तार कार्य अगाडि बढ्न लागेको हो ।

आइओसीले कन्स्ट्रक्सन, पाइप उत्पादन, पम्प हाउस (विद्युतीय सामान) र इन्स्टुमेसन गरी चार खण्ड गरेर काम गरिसकेकाले विस्तारको काम अगाडि बढ्न लागेको नेपाल आयल निगमले जानकारी दिएको छ ।

निगमका अनुसार, पाइपलाईन बिस्तारको काम अगाडि बढ्न लागेको छ । आइओसीले आफ्नो तर्फबाट सबै तयारीको काम गरिरहेको छ ।आगामी नोभेम्बर भित्र पाइप भित्रिसक्ने छ । अनि विस्तारको काम अगाडि बढ्ने छ ।

अमलेखगन्जदेखि पथलैयासम्म सडकको बाटोमा १२ हजार रुख काट्नुपर्ने अध्ययनले देखाएको छ । बाटोमा पर्ने ८ सय ९ बटा सबजुलीको पोल हटाउनुपर्ने छ । ९२ सय वटा हटाइसकिएको छ ।

पहिलो चरणमा मोतीहारीबाट रक्सोलसम्म ३५ र रक्सोलबाट अमलेखगन्जसम्म ३७ गरी ७२ किलोमिटर पाइपलाईन बिच्छ्याइने छ  ।बिहीबारको कारोबारमा लेखिएको छ, दोस्रो चरणमा चितवनसम्म विस्तार गर्न आइओसी तयार भएको निगमले जनाएको छ ।