पु.समाचार

चार वर्ष पुग्यो अनसन, पति गुमे तर गंगामायाले हिम्मत हारेकी छैनन्

काठमाण्डौ । उनका लागि महिना र बारले कुनै अर्थ राख्दैनन् । न कुनै चाडपर्व र उल्लासले नै छुन्छ । वीर असप्तालमा चार बर्षदेखि सरकारी रेखदेखमा अनशन बसिरहेकाी छन् उनी ।

गोरखा फुजेलकी गंगामाया अधिकारीले छोराको हत्यारालाई पक्राउ गरी कारबाहीको माग राख्दै अनशन सुरु गरेको कात्तिकको दोस्रो साता चार बर्ष पुरा भई पाँच लागेको छ । संगै अनशन बसेका उनका पति नन्दप्रसाद अधिकारीको अनशनकै क्रममा २०७१ असोज ६ गते निधन भयो । उनको शब अझै शिक्षण अस्पताल, महाराजगन्जमै छ ।

अझै कति दिन यसरी बस्नुहुन्छ ? सास छउन्जेल,गगामाया भन्छिन्, माग पुरा भए भने हो, नत्र म जिउँदै यहाँबाट निस्कने छैन ।

छोराको हत्यारालाई कारबाही हुनेपर्ने माग राख्दै गंगामाया र नन्दप्रसाद दम्पतीले अनसन सुरु गरेपछि २०७२ पुस ६ गते सर्वोच्च अदालतले उनको छोरोको हत्या अभियोग लागेका ब्यक्तिलाई पक्रेर अनुसन्धान सुरु गर्न आदेश गरेपछि उनले अनशन तोडेकी थिईन ।

त्यसयता मलाई दुध र सुप खुवाउन थालिएको छ, गंगामाया भन्छिन्, सर्वोच्च अदालतको आदेश पालना हुन्छ कि भनेर मैले थप दुई बर्ष कुरेँ तर भएन ।