पु.समाचार

मुख्यसचिव रेग्मीले तयार पारे निजामति सेवाको विकासका लागि नयाँ फ्रेमवर्क

काठमाण्डौ । आगामी तीन वर्षका लागि ८६ हजार कर्मचारीको नेतृत्व सम्हाल्न आइपुगेका मुख्यसचिव लोकदर्शन रेग्मीले निजामती सेवालाई रोलमोडलको रूपमा स्थापित गराउने लक्ष्यसहितको सातबुँदे ‘फ्रेमवर्कु तयार पारेका छन् ।

कर्मचारीवर्गलाई देश र जनताप्रति उत्तरदायी बनाई आर्थिक र सामाजिक रूपान्तरणमार्फत मुलुकमा समृद्धि हासिल गर्ने प्रतिबद्धता पनि उनले जनाएका छन् ।

बिहीबारको अन्नपूर्णमा लेखिएको छ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुधबार पदभार ग्रहण गरेपछि कुराकानी गर्दै मुख्यसचिव रेग्मीले निजामती सेवालाई सक्षम र प्रभावकारी बनाउन फेमवर्क तयार पारेको दाबी गरे।

मुख्यसचिवको ‘फ्रेमवर्क
-आर्थिक र सामाजिक रूपान्तरणमार्फत समृद्धि हासिल गर्ने
-निजामती क्षेत्रलाई सभ्य बनाउने
-सुशासन स्थापित गर्न कानुनी शासनमा जोड दिने
-निजामती सेवामा सिस्टम विकास गराउने
-प्रमुख निकायबीच सौहाद्र्रपूर्ण सम्बन्ध स्थापित गर्ने
-नवप्रबद्र्धनात्मक र सिर्जनशील कार्यशैली अवलम्बन गर्ने
-दिगो र निरन्तरतासहितको सुधार प्रणालीलाई मजबुत बनाउने