आर्थिक

माछापुच्छ्रे बैंकको१५ प्रतिशत लाभांस, चुक्तापूंजी ८ अर्ब

काठमाण्डौ । माछापुच्छ्रे बैंकको संचालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको मुनाफाबाट १५ प्रतिशत लाभांस वितरण गर्ने निर्णय गरेकोछ।उक्त लाभांस मध्ये ९ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांसको रुपमा वितरण गरि नेबैंकले जनाएकोछ। नेपाल राष्ट्रबैंक तथा बैंकको साधारणसभाले स्वीकृतगरेपछि उक्त लाभांस वितरण गरिनेछ।

हालबैंककोचुक्तापूंजी रू.७ अर्ब ३७ करोड रहेको छ भने हाल प्रक्रियामा रहेको अवितरित हकप्रद शेयरको लिलामी पश्चात बैंकको चुक्तापूंजी रू.७ अर्ब ३९ करोड पुग्नेछ ।सो चुक्ता पूँजीमा ९ प्रतिशत बोनस शेयर जारिहुँदा बैंकको चुक्ता पूंजी रू.८अर्ब ५ करोड पुग्ने छ।

बैंकले पुर्वमा झापादेखि पश्चिममा कंचनपुर साथै हिमाल देखि पहाड र तराईसम्म आफ्ना ६२ वटा शाखाहरु, ४ वटा एक्स्टेन्सन काउण्टर लगायत ४ शाखारहित बैंकिंगसेवा समेतगरी जम्मा ७० स्थानहरुबाट ग्राहक महानुभावहरुमा सम्पूर्ण बैंकिंग सुविधा प्रदान गरिरहेकोछ। साथै, बैंकले देशका विभिन्न थप २१ स्थानहरुमा शाखा खोल्न प्रक्रिया अगाडी बढाइसकेको समेत जानकारी गराएकोछ।