आर्थिक

ज्योति विकास बैंकले राप्तीभेरीलाई एक्विजिसन गरी एकिकृत कारोबार

काठमाण्डौ । ज्योति विकास बैंकले क्षेत्रिय स्तरको राप्तीभेरी विकास बैंकलाई बुधबार गते प्राप्ति (एक्विजिसन) गरी एकिकृत कारोबार सञ्चालन गरेको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीविनेपालज्यूलेसंयुक्तकारोबारसञ्चालनशुभारम्भ समारोहको समुद्घाटन गरे । ज्योति विकास बैंक लिमिटेड नेपाल सरकार एवं नेपाल राष्ट्र बैंककोमर्जर र प्राप्ति नितीलाई अंगीकार गर्दै हालसम्म झिमरुक विकास बैंक लिमिटेड र राप्तीभेरी विकास बैंक लिमिटेड गरी २ वटा क्षेत्रिय स्तरको विकास बंैकहरुलाई सफलता पुर्बक मर्जर र प्राप्ति गरेको छ । यस प्राप्ति पश्चात् ज्योति विकास बैंकको चुक्ता पूँजी २ अर्ब ३६ करोड पुगेको छ भने कुल निक्षेप रु. १२ अर्व ४० करोड, कर्जा लगानी रु. १० अर्व ३० करोड, शाखा संख्या ४६ तथा ग्राहक संख्या १ लाख ४० हजार भन्दा बढि पुगेको छ ।
ज्योति विकास बैंकले आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाट वोनस शेयर वितरण पश्चात चुक्ता पूँजी आवश्यकता सहजै पूरा हुनेछ । बैंकले देशव्यापी रुपमा शाखा सञ्जाल विस्तार गर्ने लक्ष्यका साथ १० वटा शाखा छिट्टै थप्दैछ भने निकट भविष्यमा पनि जारी गर्दैछौँ ।

वि. स. २०६५ श्रावण ९ गतेस्थापना भएको ज्योति विकासबैंक लिमिटेडले स्थापनाको नौ बर्षको अवधिमा निजि क्षेत्रका विकास बैंकहरुको बिचमा आफ्नो अलग्गै पहिचान बनाउन सफल भएको छ । ज्योति विकासबैंक लिमिटेडले राप्तीभेरी विकास बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गरेपछि आगामी दिनमा समेत आफ्ना समस्त ग्राहकवर्गहरुलाई अझ बिस्तारित रुपमा गुणस्तरीय र उत्कृष्ट सेवासेवा प्रदान गर्ने विश्वास एंव प्रतिबद्घता व्यक्त गर्दछौँ ।