काठमाडौंँ । नायिका जेनी कुंवरको ‘छाइदेउ ए हजुर मनमा’बोलको गीतको भिडियो मङ्गलबार सार्वजनिक गरिएको छ ।
पूर्वमन्त्री दीपकुमार उपाध्यायले उक्त गीतको विमोचन गरे ।
कुंवरको शब्द, संगीत तथा स्वर रहेको गीतको भिडियो निर्देशन समन अधिकारी र छायाङ्कन दीपेन्द्र थपलियाले गरेका हुन् । कुँवरको अभिनय रहेको गीतको भिडियो लोकेश वज्राचार्यले सम्पादन गरेका थिए ।
कार्यक्रममा शास्त्रीय संगीतकार प्रभुराज ढकालले संगीतको मुख्यविन्दु शास्त्रीय संगीत भएको बताए ।