अन्तर्राष्ट्रिय

सिरियाली शरणार्थीको भविष्य उनीहरूकै मातृभूमिमा छ राष्ट्रसंघ

बेरुत, लेवनान । सिरियाली शरणार्थीको भविष्य लेवनानमा नरहेर आफ्नै मातृभूमिमा रहेको संयुक्त राष्ट्रसंघका एक उच्च अधिकारीले मङ्गलबार जनाएका छन् ।

लेवनानका लागि संयुक्त राष्ट्रसंघका मानवीय सहायता संयोजक तथा संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमका आवासीय प्रतिनिधि फिलिप लजारिनीले भने, “लेवनान सिरियाली शरणर्थीका लागि एउटा असल आतिथ्यता प्रदान गर्ने मुलुक थियो । तर यो सिरियाली शरणार्थीलाई नागरिकता प्रदान गर्न सक्ने मुलुक होइन । शरणार्थीको भविष्य लेवनान होइन, उनीहरूकै मातृभूमि हो ।”

उनले भने, सिरियाली सङ्कटपछि लेवनानमा सिरियाली बोझ धान्न हामीले राष्ट्रसंघको सहयोगलाई बढाएका थियौँ । अहिलेसम्म अन्तर्राष्ट्रिय समुदायले लेवनानी सरकारलाई सहयोग गर्दै आएको छ र लेवनानी बासिन्दाको रोजगारीको व्यवस्था र शरणार्थीको सुरक्षित गरेका थियौँ ।

अवको तयारी शरणार्थीलाई सुरक्षित सिरिया पठाउने हुनेछ । शरणार्थीलाई लेवनानमा लामो समय व्यवस्था गर्न सम्भव छैन ।