पु.समाचार

हराएका अाफन्त खोजिदिनेलाई तामागंले गरे ५ हजार पुरस्कारको घोषणा

सल्लेरी, सोलुखुम्बु । दूधकोशिका गाउँपालिका– ७ देउसा निवासी बिममाया तामाङ सात दिनदेखि बेपत्ता भएका छन् ।

अठ्तीस वर्षीया बिममाया गत असोज ३० गते साँझ आफ्नै घरबाट बेपत्ता भएका हुन् । साँझ पौने ६ बजेतिर घरबाट बाहिर निस्किएका उनी कहाँ गएको भन्ने पत्ता लाग्न नसकिएको उनका देवर आशमानले बताए । उनको मानसिक सन्तुलन ठीक नभएको बताइन्छ ।
दुई छोरा र एक छोरीका आमा बिममायाको खोजी भइरहेको परिवारले जनाएको छ । करिब ५ फिट उचाइ भएका बिममायालाई भेटेर खबर गर्ने व्यक्तिलाई सम्मानस्वरुप रु पाँच हजार प्रदान गरिने देवर आशमानले बताए।