आर्थिक

पुननिर्माण प्राधिकरणमा चरम राजनीति, भूकम्पपीडित हेरेको हेर्ये

काठमाण्डौ । महाभुकम्पको ३० महिना वित्यो, पीडितमध्ये ८ प्रतिशतले मात्रै घर बनाउन पाएका छन्, तर चरम राजनीतिका कारण पुननिर्माण प्राधिकरणमा चारपल्ट सिईओ फेरिएका छन् । सोमबार मात्रै चौथो सीईओ फेरिएका छन्, पुर्वसचिव युवराज भुसाल ।

भुकम्पले घर ध्वस्त भएका ७ लाख ६७ हजार पीडित परिवारमध्ये आईतबारसम्म ६२ हजारको मात्रै घर बनेका छन् ।

मंगलबारको कान्तिपुरमा लेखिएको छ, घर बनाएर सुरक्षित बास दिनुपर्ने जिम्मेवारी पाएको निकायमा पुननिर्माणको काम होईन, प्रमुखहरु फेर्ने काम भईरहेको छ ।