राजनीति

प्रदेशसभा बैठक सञ्चालन गर्न समस्या हुने संकेत

काठमाण्डौ । नेपालमा पहिलोपटक प्रदेशसभा निर्वाचन प्रक्रिया सुरु भए तापनि कानुन् र भौतिक पुर्वाधार निर्माण नहुँदा प्रदेशसभा बैठक सञ्चालनमा समस्या हुने भएको छ ।

मंगलबारको नागरिकमा लेखिएको छ, संविधानको धारा १८३ मा प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले २० दिनभित्र प्रदेशसभा अधिवेशन आह्वान गर्नुपर्ने उल्लेख छ ।

तर अहिलेसम्म प्रदेशसभाको बैठकका लागि आवश्यक पर्ने भौतिक पुर्वाधार र कानुन् निर्माण हुन सकेका छैनन् ।