स्वास्थ्य

चिकित्सकको लापर्वाहीका कारण नाबालिकाको मृत्यु भएको भन्दै मुद्धा

काठमाण्डौ । गत भदौ १३ गते काठमाडौं मैतीदेवीका रमेश आचार्यले १६ महिने छोरी भिक्टोरिया आचार्यको मुत्युलाई लिएर नर्भिक अस्पताल तथा अस्पतालका चार चिकित्सक डा.विनिता जोशी, ऋतृ लामिछाने, सुरेश लामिछाने तथा शलिना शाक्यविरुद्ध जिल्ला स्तरीय छानविन समितिमा मुद्धा दिएका छन् ।

अस्पताल पुगेको दुई घन्टाभित्रै छोरीको मृत्यु भएपछि चिकित्सकको लापरबाहीका कारण रहेको भन्दै उनले विभिन्न निकाय धाईसकेका छन् । उनी महानगरीय प्रहरी परिषद् टेकु हुँदै जिल्ला क्षतिपुर्ति समितिमा पुगेका हुन् । उनले समितिमा ११ करोड २४ हजार रुपैयाँ क्षतिपुर्तिको मागसहित मुद्धा दायर गरेका छन् ।

तर अस्पतालले भने उपचारमा लापबरबाही भएको कुरा अस्वीकार गर्दै आएको छ र स्वास्थ्य मन्त्रालय चिकित्सा महाशाखाको संयोजकत्वमा बनेको छानविन समितिले मृत्युको कारण निमोनिया भएको रिपोर्ट पेश गरेको छ । अहिलेसम्म आचार्यको मुद्धा फस्र्योट भएको छैन ।