पु.समाचार

वरियतामा तेश्रो नम्बरमा रहेका रेग्मी कसरी भए मुख्य सचिव ? यस्तो छ भित्री कारण

काठमाण्डौ । सरकारले वरियतामा तेस्रो नम्बरमा रहेका लोकदर्शन रेग्मीलाई मुख्य सचिवमा नियुक्त गरेको छ । पहिलो वरियतामा रहेका शंकर प्रसाद अधिकारीलाई पन्छाएर सरकारले गृह मन्त्रालयका सचिव रेग्मीलाई मुख्य सचिवमा नियुक्त गरेको हो ।

वरियतामा तेस्रो भए पनि उनी प्रतिस्पर्धामा सबैभन्दा अघि रहेका थिए ।
विभिन्न राजनीतिक दलका नेतासँग राम्रो सम्बन्ध बनाएका रेग्मी नेताहरुको प्रिय सचिवको रुपमा चिनिएका थिए ।

मंगलबारको नेपाल समाचारपत्रमा लेखिएको छ, रेग्मीको प्रधानमन्त्री शेरबहादुर देउवा र देउवा पत्नी आरजु देउवासँग विशेष सम्बन्ध भएकाले उनी प्रतिस्पर्धाको दौडमा अघि रहेको कर्मचारी वृत्तमा चर्चा छ ।