पु.समाचार

स्वास्थ्यमन्त्री पोख्रेलले पोखे यस्तो अनौठो गुनासो

काठमाण्डौ । कुनै व्यक्ति लोकसेवाबाट प्रतिस्पर्धा गरेर उच्च तहमा पुग्ने भनेको मुख्य सचिव वा मन्त्रालयको सचिव हो । तर, राजनीति गर्नेहरुले नै ती पदाधिकारीलाई चलाइरहेका हुन्छन्, र बेला बेला मन्त्री र सचिवबीच टकराव भइरहेको खबर बाहिर आइरहन्छन् ।

पछिल्लो समयमा मन्त्रीलाई सचिवस्तरका कर्मचारीले अटेर गर्ने गरेको पाइएको छ ।

मुख्यत विभिन्न मन्त्रालयका मन्त्री र सचिवबीच समन्वय हुन नसक्दा कतिपय काम अन्योलमा पर्ने गरेका छन् । मन्त्रालयका महत्वपूर्ण फाइलहरु पनि त्यत्तिकै अड्किएका छन् ।  स्वास्थ्य मन्त्रालयमा मन्त्री र सचिवबीच अधिकांश समय मन्त्रीपिच्छे पानी बाराबारसम्मको स्थिति सृजना हुने गरेको छ ।

मंगलबारको नेपाल समाचारपत्रमा लेखिएको छ, एक हप्ताअघि स्वास्थ्य मन्त्रालयको जिम्मेवारीको जिम्माबाट विनाविभागीय बनेका मन्त्री गिरीराजमणी पोखरेल ले आफ्नो ८० दिने प्रगती विवरण सुनाउँदै भने,  मलाई मन्त्रालयका सचिव किरण रेग्मीबाट पछिल्लो दिनमा निकै असहयोग भयो । असहयोग गर्नेलाई पनि सहयोग गरिरहन्छु । मन्त्रालयमा धर्ना, जुलुस आउँदा समेत रेग्मी चुप लागेर बस्नुभयो ।
उहाँको काम त वार्ता समिति बनाएर समस्या समाधानका लागि पहलकदमीको भूमिका निर्वाह गर्ने हो ।