राजनीति

वामगठबन्धनमा बागी नै बागी

काठमाण्डौ । माओवादी केन्द्रका शक्तिशाली नेता शक्तिबहादुर बस्नेतको चुनावी यात्रामा एमालेका गोविन्दविक्रम शाह तगारो बनेका छन् । जाजरकोटको प्रतिनिधिसभा सदस्यमा आईतबार वाम गठबन्धनका तर्फबाट बस्नेतले उम्मेदवारी दिँदा शाह स्वतन्त्र हैसियतमा उम्मेदवार बने ।

गठबन्धनकै प्रभावशाली नेताबाट बागी उम्मेदवारी पर्ला भन्ने त उनले (बस्नेत) ले सोचेका थिएनन्, माओवादी केन्द्रका एक जिल्लास्तरीइ नेता भन्छन्  तर उहाँले आफ्नै जिल्लामा असन्तुष्टि व्यवस्थापन गर्न नसक्दा यस्तो अवस्था आयो ।

मंगलबारको नागरिकमा लेखिएको छ, वाम गठबन्धनले आकांक्षी असन्तुष्टि समयमै व्यवस्थापन गर्न नसक्दा र स्थानीय तहको भावनविपरित केन्द्रमा टिकट भागबन्डा हुँदा ६ नम्बर प्रदेशमा गठबन्धनका उम्मेदवराविरुद्ध गुप्रै ठाउँमा बागी उठेका छन् ।