पु.समाचार

चावहिल–दक्षिणढोका र जोरपाटी–सुन्दरीजल सडक मर्मत हुने

काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाले चावहिल–दक्षिणढोका तथा जोरपाटी–सुन्दरीजल सडक मर्मतका लागि सरकारसँग सम्झौता गरेको छ ।

चावहिलदेखि दक्षिणढोकासम्मको मुख्य सडक र जोरपाटी–सुन्दरीजल सडक र चावहिल–दक्षिणढोका–साँखु सडक प्रयोग गरी दैनिक जीवनयापन गर्नेले बाटो बिग्रिएका कारण वर्षामा हिलो र हिउँदमा धुलोले सास्ती खेप्दै आएका छन् ।
जोरपाटी–सुन्दरीजल सडक भने मेलम्ची खानेपानी आयोजनाको पानी प्रशोधन केन्द्र र सुरुङ निर्माण गर्न लगिने निर्माण सामग्री बोकेका गह्रुङ्गा सवारी साधनका कारण बिग्रिएको हो ।

नगरपालिकाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागसँग २०७४ कात्तिक १ गते चावहिलदेखि दक्षिणढोका र जोरपाटी चोकदेखि सुन्दरीजल बसपार्कसम्मको सडक मंसिर महिनाको प्रारम्भसँगै मर्मत गर्ने सम्झौता गरेको प्रमुख सन्तोष चालिसेले बताए ।