आर्थिक

सिटिजन्स बैंकको ६३औं शाखा बर्दियाको बढैयाताल मैनापोखर

काठमाण्डौ । सिटिजन्स बैंकले आफ्नो ६३ औं शाखा बर्दियाको बढैयाताल मैनापोखर संचालनमा ल्याएको छ । सोमबार बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले पूजापाठ गरी बैंकिङ्ग कारोवारको सुरुवातगरेका छन् ।

उक्त समारोहमा जिल्लाका उच्चपदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी , विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो ।
सिटिजन्स बैंकले ग्राहक महानुभावहरुलाई देशैभरी फैलिएका यस बैंकको ६३ वटा शाखा, ६२ वटा ए.टि.एम. काउन्टर र ९७ वटा शाखारहितआधुनिक बैंकिङ्ग सेवाहरुबाट करिव ३ लाख ५० हजार ग्राहकहरुलाई सेवाप्रदानगर्दै आएको छ । साथै आफ्नो ग्राहकवर्गहरुलाई रेमिट्यान्स सेवा, ड्राफ्ट, भिसा ए.टि.एम. कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, विभिन्नकिसिमकानिक्षेप तथाकर्जा सुविधाहरुसाथै कुनै पनि शाखाबाट रकमझिक्न र राख्न सकिने जस्ता सुविधाहरुप्निउपलब्ध गराउँदै आएको छ ।
उक्त समारोहमा सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत बैंकले जनप्रिय माध्यमिक विद्यालय र श्री वागेश्वरी निम्नमाध्यमिक विद्यालयलाई १÷१ थान कम्प्यूटर सहयोग स्वरुप हस्तान्तरण गरेको छ । उक्त हस्तान्तरण बैंकका सहायक प्रमुखकार्यकारी अधिकृत बोधराज देवकोटा र बढैयाताल गाँउपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले संयुक्त गरेका थिए ।उक्त शाखाका इन्चार्ज दिनेश कुमारढुंगानाले यस क्षेत्रमा कृषिकर्जा , पशुपालन लगायतका क्षेत्रमा प्रश्स्त लगानीगर्ने बैंकको उदेश्य रहेको बारेमा प्रकाशपारेका थिए ।
मुलुक संघीय प्रणालीमा गएसंगै अबदुर्गम क्षेत्रका सर्वसाधारणले बैंकिंग सेवालिनजिल्ला सदरमुकामवा सहर बजारमै पुग्नु पर्ने बाध्यात्मक परिस्थितिको अन्त्य गर्नका निम्ति अब आउने निकट भविष्यमानै बैंकले हुम्लाको सर्केगाड, झापाको हल्दिबारी, महोतरीको औरही र दांङको बंगलाचुलीमाथपशाखा संचालनगर्ने योजना अगाडी सारेको कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीले जानकारी गराएका छन् ।