पु.समाचार

सरकारद्वारा मुख्यसचिबमा रेग्मी र प्राधिकरणको कार्यकारीमा भुषाल नियुक्त

काठमाडौं । सोमबार बसेको मन्त्रीपरिषद बैठकले गृहसचिब लोकदर्शन रेग्मीलाई मुख्यसचिव र योजना आयोगको उपाध्यक्षमा पूर्वसचिब युवराज भुषाललाई नियुक्त गरेको छ । मुख्यसचिब राजेन्द्र क्षत्रीले अबकास पाएपछि
उब्m पदमा तेस्रो बरियता भनिएक रेग्मीलाई बढुवा गरिएके हो ।
क्षत्री भन्दा अगाडीका मुख्यसचिब सोमलाल सुबेदी एसियाली बिकास बैंकको जागिर खान गएपछि क्षत्री मूख्यसचिब भएका थिए । क्षत्रीको उमेरहदका कारण मंगलबारबाट अबकास हुने भएपछि नयामुख्यसचिब ल्याईएको हो ।

प्रा.डा. गोबिन्द पोख्रेलले भूकम्प पुनःनिर्माण प्राधिकरणको कार्यकारी अधिकृतबाट दिएको राजनीनामा स्वीकृत गर्दै उक्त स्थानमा पूर्बसचिव युवराज भुसाललाई समेत नियुक्त गरेको छ । डा. पोख्रेलले काँग्रेसबाट प्युठानमा निर्बाचन लड्नलागेपछि उक्त पदमा बसिरहन नमिल्ने भएर राजीनामा दिएपछि उक्त पदमा भूषाललाई नियुक्त गरेको हो ।