अन्तर्राष्ट्रिय

इराक युद्धबारे अमेरिकी विदेशमन्त्रीले सुनाए नयाँ योजना

एजेन्सी । अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले लडाइँ अन्त्यतिर पुगेको भन्दै इराकमा तथाकथित इस्लामिक स्टेटविरुद्ध लडिरहेका इरान समर्थित लडाकुहरु अब फिर्ता हुनुपर्ने बताएका छन्।

लडाकुहरु इराकी सेनामा समायोजन हुनुपर्ने वा घर फिर्ता हुनुपर्ने बेला आएको उनले बताए।

आइएसविरुद्ध लडाइँ गर्दै आएका लडाकुका इरानी प्रायोजकहरुले पनि इराक छाड्नुपर्ने टिलर्सको भनाई छ। कतार र साउदी अरेबियाको भ्रमणका क्रममा अमेरिकी विदेशमन्त्री टिलर्सनको पछिल्लो भनाई आएको हो।