पु.समाचार

यस्ता छन् ठुला दलबाट भावी मुख्यमन्त्रीका दाबेदार

काठमाण्डौ । एमाले सचिव पृथ्वी सुब्बा गुरुङ प्रदेशसभा निर्वाचनमा उम्मेदवार बनेका छन् । प्रदेश नम्बर ४ को भावी मुख्यमन्त्रीका रूपमा हेरिएका गुरुङ लमजुङको ९ख० प्रदेशबाट उम्मेदवार बनेका हुन् ।

एमालेकै नेता राजेन्द्रप्रसाद पाण्डे पनि धादिङबाट प्रदेशसभाको उम्मेदवार बनेका छन् । पाण्डेलाई ३ नम्बर प्रदेशको भावी मुख्यमन्त्रीका रूपमा हेरिएको छ । यद्यपि, दोलखाबाट पोलिटब्युरो सदस्य पशुपति चौलागार्इं पनि प्रदेशसभातर्फ उम्मेदवार बनेकाले अहिले नै एमालेले मुख्यमन्त्रीको उम्मेदवार तय नभएको नेताहरू बताउँछन् ।

माओवादीका शालिकराम जमरकट्टेल पनि धादिङको क्षेत्र नम्बर १ को (ख) बाट प्रदेशसभाको उम्मेदवार बनेका छन् ।पूर्वसञ्चारमन्त्री शेरधन राई पनि भोजपुरको प्रदेश (ख) बाट उम्मेदवार बनेका छन् । राईलाई एमालेले एक नम्बर प्रदेशको भावी मुख्यमन्त्रीका रूपमा अघि सार्ने सम्भावना रहेको नेताहरू बताउँछन् ।

प्रदेश नम्बर ६ को माओवादीबाट मुख्यमन्त्रीका रूपमा अघि सार्न सकिने महेन्द्रबहादुर शाही पनि प्रदेशसभाको चुनावी मैदानमा उत्रिएका छन् । उनले कालिकोटको (ख) बाट प्रदेशसभामा उम्मेदवारी दिएका छन् ।

कांग्रेसका पूर्वमन्त्री जीवनबहादुर शाही पनि मुख्यमन्त्रीको प्रतिस्पर्धाकै लागि हुम्लाबाट प्रदेशसभा निर्वाचनमा उत्रिएको कांग्रेसी नेता बताउँछन् भन्दै सोमबारको अन्नपूर्णमा समाचार लेखिएको छ ।