पु.समाचार

एमालेभित्रको विवाद उत्कर्षमा, यसरी संकटमा पर्दैछ बाम गठबन्धन

काठमाण्डौ । नेकपा एमाले र माओवादी केन्द्रले आगामी निर्वाचनका लागि संयुक्त उम्मेदवारीविरुद्ध वामपन्थी गठबन्धनबाटै वागी उम्मेदवारले पनि उम्मेदवारी दर्ता गराएका छन् । एमाले र माअ‍ोवादी केन्द्र भित्र उम्मेदवारी छनोटको विषयलाई लिएर बढी विवाद चुलिएको छ ।

पार्टी भित्रको विवाद वागी उम्मेदवारी दिनेसम्मको भएको छ । एमाले अध्यक्ष केपी ओलीले आफू निकटका व्यक्तिलाई मात्र टिकट दिएको भन्दै एमालेभित्रै आन्तरिक विवाद उत्कर्षमा पुगेको छ ।

सोमबारको नेपाल समाचारपत्रमा लेखिएको छ, ओलीको निर्णयप्रति वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालले असन्तुष्टि जनाउँदै आएका छन् ।