पु.समाचार

काँग्रेसले छानेका यी ३२ जिल्लाका प्रतिनिधिसभातर्फका उमेर्द्वारहरुले आईतबार मनोनयन दर्ता गराउदैछन्

काठमाण्डौ । नजिकिदै गरेको मंसिरको पहिलो चरणको निर्वाचनका लागि आइतबार(आज) उम्मेद्वारहरुबाट मनोनयन पत्र दर्ता गरिदैछ । पहिलो चरणमा हुने ३२ जिल्लाका प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेद्वारहरुले मनोनयनपत्र दर्ता गर्न लागेका हुन् ।

पहिलो चरणमा ३२ जिल्लामा प्रतिनिधिसभा सदस्यतर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ ७४ वटा निर्वाचन क्षेत्रमा हुने निर्वाचनका लागि आज उम्मेद्वार मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ ।

पहिलो चरणको निर्वाचन सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओलखढुङ्गा, ताप्लेजुङ, पाँचथर, खोटाङ, नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, मुस्ताङ, म्याग्दी, बागलुङ, मनाङ, लमजुङ, गोरखा, पूर्वी रुकुम, रोल्पा, पश्चिम रुकुम, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालीकोट, डोल्पा, दार्चुला, बझाङ, बाजुरा र बैतडी जिल्लामा हुनेछ ।

मनोनयन दर्ता कार्यक्रम बिहान १० देखि अपराह्न ५ बजेसम्म चल्नेछ । उम्मेदवार हुन चाहनेले जिल्ला सदरमुकाममा खोलिएका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा गई मनोनयनपत्र दर्ता गराउनु पर्नेछ ।

प्रतिनिधि सभातर्फ पहिलो हुने निर्वाचन हुने प्रणालीतर्फ मनोनयन दर्ता गर्दा वा गराउँदा एक जनाले प्रस्ताव र अर्को एक जनाले समर्थन गरी सहीछाप गरेको हुनुपर्ने तथा त्यस्तो प्रस्तावक र समर्थक सोही निर्वाचन क्षेत्रअन्तर्गतको गाउँपालिका वा नगरपालिकाको वडा सदस्यको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा समेत मनोनयन पत्रमा संलग्न गराउन पर्ने कानूनी व्यवस्था रहेको छ ।

नेपाली कांग्रेस लोकतान्त्रीक गठबन्धनका ३२ जिल्लाका प्रतिनिधिसभाका उम्मेदवार
ताप्लेजुङ- केशव दाहाल
संखुवासभा- दीपक खड्का
भोजपुर- उमेशजंग रायमाझी
खोटाङ- सरस्वती बजिमय
सोलुखुम्बु-बलबहादुर केसी
ओखलढुंगा- रामहरि खतिवडा
सिन्धुपाल्चोक १ – मोहनबहादुर बस्नेत
सिन्धुपाल्चोक २- पशुपतिसमशेर राणा (राप्रपा प्रजातान्त्रिक)
दोलखा-रुद्र बहादुर खड्का
रामेछाप- कान्छाराम तामाङ
नुवाकोट १ – डा. रामशरण महत
नुवाकोट २- अर्जुननरसिंह केसी
रसुवा- बाँकी
धादिङ १ – विश्व अर्याल
धादिङ २- दिलमान पाख्रिन
लमजुङ- दिलबहादुर घर्ती
मनाङ-टेकबहादुर गुरुङ
मुस्ताङ-
म्याग्दी- खम्वीर गर्बुजा
गोरखा १ – चीनकाजी श्रेष्ठ
गोरखा २- बाबुराम भट्टराई (नयाँशक्ति)
बाग्लुङ १ – चम्पादेवी खड्का
बाग्लुङ २- निरज पुन
रुकुम पूर्व- गोपालजीजङ्ग शाह
रोल्पा-अमरसिंह पुन
जाजरकोट- राजीवविक्रम शाह
कालीकोट – भूपेन्द्रजंग शाही
हुम्ला- मंगल शाही
जुम्ला- देवेन्द्र शाही
मुगु- हस्तबहादुर मल्ल
डोल्पा- अंगद बूढा
रुकुम पश्चिम- वीरबहादुर ओली
बझाङ- पृथ्वीबहादुर सिंह
बाजुरा- कबिराज पण्डित
बैतडी- नरबहादुर चन्द
दार्चुला- विक्रम सिंह