पु.समाचार

काठमाण्डौमा एकाबिहानै गोली चल्यो, गुरुङ घाइते !

काठमाण्डौ । काठमाण्डौको म्हेपीमा आइतबार एकाबिहानै गोली चलेको छ । गोली लागेर काठमाण्डौकै रानीबारी बस्ने कल्याण गुरुङ घाइते भएका छन् ।

बिहान करिब पौने चार बजेको समयमा गुरुङमाथि गोली प्रहार भएको प्रहरीले बताएको छ ।

एकाबिहानै स्कुटीमा हिडिरहेका गुरुङमाथि कारमा आएको एक अज्ञात समुहले गोली चलाएको बताइएको छ । २८ वर्षीय गुरुङ घाइते भएपनि खतरामुक्त रहेको प्रहरीको भनाई छ ।

गुरुङको अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भैरहेको जनाइएको छ । घटनाबारे गम्भीर अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।