पु.समाचार

पूर्वराजा ज्ञानेन्द्रले दिए खतरनाक संकेत !

काठमाण्डौ । पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकमा राजनीतिक नेतृत्वको खडेरी परेकोले अब आफुले त्यसको नेतृत्व लिने दाबी गरेका छन् । शनिबार भाइटिका ग्रहण गरेलगत्तै पत्रकारहरुसँगको संक्षिप्त कुराकानीमा उनले सो कुराको दाबी गरेका हुन् ।

उनले आफु अब मुलुकको नेतृत्व र जिम्मेवारी लिन तयार रहेको समेत दाबी गरे । पूर्वराजा शाहले आफु मुलुकको जिम्मेवार नागरिक भएको हैसियतले मुलुकको चिन्ता र चासो हुनु स्वभाविक भएको भन्दै उनले आफुले नेतृत्व लिने समय आइसकेको समेत दाबी गरेका छन् ।

उनले भने, त्यसैले अब समय आयो जस्तो लाग्छ, मुलुकको जिम्मेवारी र नेतृत्व लिन तयार छु । तर, सबैको चाहना हुनुपर्छ । उनले आफुलाई मुलुकको परिस्थितिले मागेको र समय पनि आएको जस्तो लागेको स्पष्ट पारे ।