पु.समाचार

प्रधानमन्त्री देउवा—टीका ग्रहण

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नी बहिनी दुर्गादेवी चन्दबाट टीका लगाए । उनले भाइटीका पर्वको उपलक्ष्यमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहान साइतमै बहिनी चन्दबाट टीका ग्रहण गरेको हो । टिका लगाइदिएपछि बहिनी चन्दले प्रधानमन्त्री देउवालाई कटुुस, ओखर र मिठाइ खुवाएर भ्रातृवात्सल्य प्रस्तुत गरे. ।

सो अवसरमा प्रधानमन्त्री देउवाले सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि र दीर्घायुको कामना गरे ।

संविधान कार्यान्वयनसँगै मुलुकमा स्थायी शान्ति र आर्थिक विकासतर्फ केन्द्रित हुन समेत सबै राजनीतिक दलका नेतालाई उनले आह्वान पनि गरे ।