पु.समाचार

काँग्रेसले २९ जिल्लामा उमेर्द्वार टुंगो लगायो, टिकट पाउने अधिकाँस ब्यापारी र ठेकेदार

काठमाडौँ । दशैं तिहार जस्ता मुलुकका नै सबैभन्दा महत्वपूर्ण चाडबाडपनि नभनी नेपाली कांग्रेसले पहिलो चरणमा चुनाव हुने ३२ जिल्लामध्ये २९ वटा जिल्लामा उम्मेदवारको टुङ्गो लगाएको छ। अब ३ वटा जिल्लामा मात्र उम्मेदवारको टुङ्गो लगाउन बाँकी रहेको कांग्रेस संसदीय समितिका सदस्य बालकृष्ण खाँडले बताएका छन्। केहि जिज्लामा ब्यापक बिबाद छ, बाग्लुगंमा एक क्षत्रका क्षेत्रीय सभापतिले नेपाली काँग्रेसको साधारण सदस्य नरहनेगरी राजीनामा दिएका छन् । भोजपुरमा पनि तरुण दलका उपसभापति उक्तम चापागाईले टिकट वितरणमा असन्तुटी जनाएका छन् ।

तरुण दलका संस्थापक अध्यक्ष समेत रहेका संसदीय कार्यसमितिका सदस्य बालकृष्ण खाँडका अनुसार गोरखा, नुवाकोट र रसुवा जिल्लाको उम्मेदवार चयन गर्न कठीन भइरहेको बताए। गोरखा जिल्लामा डा। बाबुराम भट्टराईले चुनाव लड्छु भनेकाले क्षेत्र नम्बर २ मा भट्टराईलाई छोड्ने कुरा भइरहेको छ। ‘गोरखा र रसुवाको विषयमा नयाँ शक्ति पार्टीसँग तालमेल गरेर अन्तिम टुङ्गो आज लाग्छ।’ खाँडले भने।

वाम गठबन्धनमा गएका भट्टराईलाई प्रचण्ड र ओलीले सम्मान गर्न नसकेकाले कांग्रेसले जे जस्तो भएपनि वौद्धिक नेता तथा पूर्व प्रधानमन्त्रीसमेत रहेका भट्राईलाई आफूहरुले सम्मान दिएको खाँडको दाबी छ। गोरखा क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका केन्द्रिय सदस्य चिनकाजी श्रेष्ठ, नुवाकोटबाट रामशरण महत र अर्जुननरसिंह केसीलाई उम्मेदवार बनाउने टुङ्गो लागिसकेको खुलासा गरेका छन्।
उमेर्द्वारहरु पैसा र शक्तीको आडमा टिकट चयन गरेको आरोप नेपाल्ी काँग्रेस कार्यकर्ताहरुले लगाउन थालेका छन् । अधिकाँस ठेकेदार, ब्यापारीलाई काँग्रेसले टिकट बितरण गरेकोमा पार्टीलाई पैसामुखी बनाईएको मुलुकभरका कार्यकर्ताले लगाएका छन् । नेतृत्वलाई सच्चिदै जनाधारलाई हेरेर जित्ने मान्छेलाई टिकट दिन आग्रह समेत गरेका छन् ।