खेलकुद

सिजी गल्फ कोर्टमा राष्ट्रिय र अन्तरराष्ट्रिय प्रतियोगिता

नवलपरासी । चौधरी उद्योग ग्राममा रहेको सन् २००३ मा स्थापित सिजी गल्फ कोर्ट अबदेखि राष्ट्रिय र अन्तरराष्ट्रिय प्रतियोगिताका लागि समेत खुला गरिएको छ ।
उद्योग ग्रामका अध्यक्ष एवं उद्योगपति विनोद चौधरीले कोर्टलाई अब चाँडै अन्तरराष्ट्रियस्तरको बनाउन लागिएको जानकारी दिए ।